Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Friday 7 January 2022

Nepal

    
Nepal, the Federal Democratic Republic of Nepal, is a landlocked Himalayan nation in South Asia. It covers 26 ° 22 ′ to 30 ° 27 ′ north latitude and 80 ° 4 ′ to 88 ° 12 ′ east longitude and has a total area of ​​1,47,516 sq km. This area covers 0.03% of the total area of ​​the Earth and 0.3% of the Asian continent. As the London-based Greenwich Mean Time is east of time, Nepal's standard time is considered to be 5 hours 45 minutes ahead, based on the 86 ° 15 ′ east longitude passing close to Gaurishankar Himal.
    The average length of the eastern border of Nepal from Mechi river to the western border Mahakali river is 885 kilometers. The width from north to south is not uniform. The western part is a bit wider than the eastern part. Similarly, the middle part has shrunk a bit. It has a maximum width of 241 kilometers and a minimum width of 145 kilometers. Therefore, the average width of Nepal is 193 kilometers. Nepal is bordered by China to the north and India to the south, east and west. About 815 citizens of Nepal are Hindus, in this sense, Nepal is also the nation with the highest percentage of Hindus in the world. Apart from Buddhism, Islam, Kirant etc. people also live here. For a small area, Nepal's geographical diversity is remarkable. Nepal has eight of the 14 highest mountain ranges in the world, including the world's highest peak, Mount Everest. Major cities of Nepal include Kathmandu, Lalitpur, Bhaktapur, Pokhara, Biratnagar, Bharatpur, Birgunj, Janakpur, Bhairahawa, Nepalgunj, Chitwan, Narayanghat, Dharan, Itahari, Hetauda.

नेपाल
    नेपाल अर्थात  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल- दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो राष्ट्र २६°२२′  देखि ३०°२७′ उत्तर अक्षांश र ८०°′  देखि ८८°१२′  पूर्वी देशान्तरसम्म फैलिएको छ भने यसको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर छ। यो क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ। लन्डनस्थित ग्रिनविच मान समयभन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६°१५′ पूर्वी देशान्तरलाई आधार मानेर नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ।

    नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्बाइ ८८५ किलोमिटर छ। उत्तरदेखि दक्षिणको चौडाइ भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाइ २४१ किलोमिटर र न्यूनतम चौडाइ १४५ किलोमिटर रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ किलोमिटर रहेको छ। नेपालको उत्तरमा चीन पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका लगभग ८१% नागरिक हिन्दू धर्मावलम्बी छन्, यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो। यसबाहेक बौद्ध, इस्लाम, किराँत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्।संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो। नेपालको प्रमुख सहरहरुमा  काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज, चितवन, नारायणघाट, धरान, इटहरी, हेटौडा, पर्दछन्।


No comments:

Post a Comment