Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Keshar Thulung's Gajals गजलहरु:-

Gajal - 1
मनको कुना कुनामा तटस्थ बस्यौ तिमी
उदास तनभरि बहार छाई बस्यौ तिमी ।।
थकानका सारा अनुभूत पलपल हटाउँदै
पाइलाभरि शितलता प्रदान गर्दै बस्यौ तिमी ।।
वेदनाका चाङहरूले जीवन मेरो लुट्दै जाँदा
हर्ष, उल्लास, उमंगको पान दिई बस्यौ तिमी ।।
अनगिन्ती अटेसमटेसले विच्छित्त पार्दा मलाई
संगीतको धूनलेझैं मेरो मन छोई बस्यौ तिमी ।।

Gajal - 2
बोक्नु छ युवा हो आउ अब देस बोक
आफ्नै भाषाभेष आफ्नै संस्कृति बोक ।।
युगौ-युगका आदिम वस्ती उस्तै रहे यहाँ
परिवर्तन प्रगतिको सच्चा जोश बोक ।।
अझ धेरै बढाउनु छ साहस शिखरहरू चुमी
नदी बगाई पसिनाको उर्वरतामा पाखापर्वत बोक ।।
नहटी एकरति छर्नु छ मीठो सुवास जीन्दगीको
निरक्षरमाझ ज्ञानको ज्योति छर्दै कलमहरू बोक ।।

No comments:

Post a Comment