Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Keshar Thulung's Mukataks मुक्तकहरु:-

Muktak - 1
चिर्नु छ अब यो अन्धकारलाई
उज्यालो दिव्य ज्योति जलाई
स्वाच्छ न्यायिक परिवर्तन खातिर
आऊ जुट्दै हातमा हात मिलाई ।


Muktak - 2
लाखौँ छन ताराहरू आकासमा तर एउटा प्रिय
हजारौँ छन फूलहरू बगैंचामा तर एउटा प्रिय
फूल र ताराको वर्णन के र, अझ बढि वर्णन
करोडौँ छन मनहरू यहाँ तर एउटा तिमी प्रिय ।


Muktak - 3
रिसले चुरमुराउँदै आवेगमा आएर विद्रोह मच्चायौ रे 
आसा अनि विस्वास हाम्रो प्रेमको सुमधुर सम्बन्ध तोड्यौ रे 
को हो "केशर" चिन्दिन/जान्दिन उ त मरिसकेउ भन्दै 
कोठाभरि सजिएका मेरो तस्विरहरु जलाएर खरानी पार््यौ रे । 

Muktak - 4
विसँगति-विसंवादी कू'नीति लाद्ने तँ साला भारत
नकचरो, ढवाँगी, अविवेकी, विचेष्ट तँ साला भारत
नेपालको प्रगति र हित नचाहने कालो मन भएको
गरेर नाकाबन्दी आफै तल गिरिस् तँ साला भारत । 

No comments:

Post a Comment