Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Thursday, 24 June 2021

 जीवन विकास लघुवित्तको IPO शुक्रबारबाट खुला :

जीवन विकास लघुवित्तले शुक्रबार आज  २०७८/०३/११ गतेदेखि IPO निष्कासन गर्दैछ । यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको IPO निष्कासन गर्न लागेको हो । यस आधारमा जीवन विकासले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता IPO बिक्री गर्नेछ । यसमध्ये ०.५% अर्थात ३० हजार  ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । IPO मा न्यूनतम १० कित्तादेखि १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस IPO मा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । लगानि कर्ताहरुले CASBA को माध्यमबाट आवेदन दिन सक्ने छन  । यसमा NMB CAPITAL बिक्री प्रबन्धक रहेको छ । 

इक्रा नेपालले यस कम्पनिलाई '[ICRANP-IR] BBB-’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । साथै, यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

No comments:

Post a Comment