Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Monday 4 December 2017

Poem

सङ्खघोष गरिरहेछन् इच्छाहरु

मान्छे
तिमी सक्छौ
जे पनि गर्न सक्छौ
म भित्रको मानवता जुर्मुराउन खोज्दै
सङ्खघोष हरिरहेछन् इच्छाहरु


आगो निल्न सक्छौ
आगो ओकल्न सक्छौ
धारहरुमा यात्र तयार गर्न सक्छौ
जुध्न सक्छौ जङ्गली जनावरहरुसङ्ग
म देखिरहेको छु तिमीभित्रको "क्षमता"
खुम्चिनु हुदैन, फैलिनु पर्छ व्रम्हाण्डजस्तै
सङ्खघोष हरिरहेछन् इच्छाहरु

यो मन्दिर, गुम्वाहरुमा
यो विशाल भवन, सङ्ग्राहलयहरुमा
सजाइएका अनेकौँ आकृतिहरु/ गजुरहरु
त्यतिकै कुँदिएका होइनन्
यो लण्डन ब्रिज
यो पाम आइल्याण्ड
आफै निर्माण भएका होइनन्
विशाल समुद्रमाथि
यो ग्रेटवाल/वकिङघाम प्यालेस
यो वासिङगटन डि सि
विज्ञहरुका अनगिन्ति यी स्ट्याच्यूहरु
यो एफिल टावर/ताजमहल
यो नारायणहिटी सङ्ग्राहलय/न्यातपोल
पृथ्वीको धरातलमा जादुगरको छडीबाट
उत्पत्ति भएका होइनन्
म देखिरहेको छु, तिमीभित्रको "कला/सीप"
खुम्चिनु हुदैन, फैलिनुपर्छ व्रम्हाण्डजस्तै
सङ्खघोष गरिरहेछन् इच्छाहरु

महानतम व्यक्तिहरु
त्यतिकै महान भएका होइनन्
त्यतिकै उनीहरुका गुण-गाण गाइएका छैनन
त्यतिकै श्रद्धा, सम्मान गरिएका छैनन्
म देखिरहेको छु तिमीभित्रको "गुण/ छवी"
खुम्चिनु हुदैन, फैलिनुपर्छ व्रम्हाण्डजस्तै
सङ्खघोष गरिरहेछन् इच्छाहरु

ग्रह-ग्रहमा पुगेर अनुसन्धान गर्ने
अन्तरीक्षको फड्को मार्ने
हिमालहरुका चुचुरो चुम्ने
समुद्रको गहिराइ-गहिराइ चाहर्ने
म देखिरहेको छु तिमीभित्रको "आँट/ साहस"
चराजस्तै उडिरहेका छौ आकाशमा
माछाजस्तै तैरिरहेका छौ महासागरमा
चित्ताहजस्तै तुफानमा दौडिरहेका छौ जमिनमा
म देखिरहेको छु तिमीभित्रको "एक्सपेरिमेन्ट र सफलता"
खुम्चिनु हुदैन, फैलिनुपर्छ, ब्रम्हाण्डजस्तै
सङ्खघोष गरिरहेछन् इच्छाहरु

मन्त्रमुग्ध छन् दुनियाँ रङ्गमञ्चमा
हेरेर तिम्रो अभिनय
हेरेर तिम्रो नृत्यका स्टेपहरु
सुनेर तिम्रो गला
सुनेर तिम्रो वाचन् शैली
पढेर भावुक छन् पाठकहरु
शालिन तिम्रो शब्दहरुको वेजोड प्रस्तुति
म देखिरहेको छु तिमीभित्रको "प्रतिभा"
खुम्चिनु हुदैन, फैलिनुपर्छ व्रम्हाण्डजस्तै
सङ्खघोष गरिरहेछन् इच्छाहरु ।

शब्द-अर्थ:-
पाम आइल्याण्ड - दुवाईमा अवस्थित विशाल समुद्रमाथि निर्मित आइल्याण्ड
चित्ताह - जमिनमा सबैभन्दा छिटो दगुर्ने एककिसिमको जनावर (96–120 km/h (60–75 mph जसको दुगुर्ने क्षमता छ ।)

No comments:

Post a Comment