Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Monday 26 July 2021

 सेयरबजारमा नाफा कमाउन कस्ता कम्पनी छनोट गर्ने ?

-आर के श्रेष्ठ  (R.K Shrestha)

सेयरका प्रकार

सर्वसाधारण व्यक्तिहरूले आफ्नो व्यापार व्यवसाय  बाहेक  आफूसँग भएको पैसा सेयर बजारमा लगानी गरेर  पनि नाफा कमाउन सक्छन्। सेयर बजारमा लगानी गर्नको लागि लगानीकर्तालाई दुईवटा विकल्पहरू छन्, ति हुन प्राथमिक निष्काशनमा लगानी गर्ने वा दोस्रो बजार मार्फत लगानी गर्ने ? 

पब्लिक कम्पनीहरुले आफ्नो कुल पूँजीको केही हिस्सा सर्वसाधारण जनताकोलागि छुट्याएको  हुन्छन।त्यस्ता पब्लिक कम्पनीहरु  सञ्चालनमा  आएपछि धितोपत्र बोर्डको स्वीकृति लिई  त्यस किसिमका कम्पनी हरुले सर्वसाधारण जनताहरुलाई त्यस कम्पनीको सेयर किन्नको लागि आह्वान गर्दछ। यसरी निष्काशन गरिएको सेयरलाई प्राथमिक निष्काशन वा आईपीओ(IPO) भनिन्छ। यसरी निष्कासन गरिएको सेयर किन्नको लागि सर्वसाधारण जनताहरुले आवेदन दिनुपर्छ। आवेदन संख्याको आधारमा उक्त कम्पनीले सर्वसाधारण जनताहरुलाई शेयर बाँडफाड गर्दछ। यसरी सर्वसाधारण जनता हरुले पब्लिक कम्पनीहरूको शेयरमा लगानी गर्न  सक्दछ। यस्ता सेयर लाइ प्राथमिक निष्काशन भानिन्छ।

यसरी प्राथमिक निष्कासन मार्फत बिक्री भएका सेयरहरु नेप्से(Nepal Stock Exchange) मा सुचिकृत भैसकेपछि अन्य व्यक्तिहरुलाई   बेच्न मिल्छ। त्यस्ता  शेयरहरु  किनवेच गर्नकोलागि  नेप्सेले  ब्रोकर हरु नियुक्त गरेको हुन्छन्। ती ब्रोकर हरु मार्फत गरिने कारोबारलाई सेकण्डरी सेयर (secondary share)  भनिन्छ र मार्केट लाइ सेकण्डरी मार्केट भानिन्छ। यसको अलावा Mutual Fund मार्फत पनि  सेयरबजारमा लगानी गर्न सकिन्छ

लगानीकर्ताले  कस्ता खालका कम्पनी छनोट गर्नुपर्छ?

लगानीकर्ताले कम्पनी छनोट गर्दा यसको आधारभूत पक्ष तथा प्राविधिक पक्ष अध्ययन गर्नुपर्छ।आधारभूत पक्ष भन्नाले कुनै कम्पनीको वित्तीय अवस्था को बारेमा अध्ययन गर्नु हो। नेप्सेमा  सुचिकृत प्रत्येक कम्पनीले  प्रत्येक  ३ /३ महिनामा  नाफा नोक्सान सहितको आफ्नो वित्तीय अवस्था झल्कने  वित्तीय विवरण प्रकाशन गर्दछ। उक्त वित्तीय विवरण लाई अध्ययन गरी कम्पनीको वित्तीय अवस्थाको  बारेमा जानकारी लिनुलाई  आधारभूत पक्ष भनिन्छ।

कुनैपनि कम्पनीको प्राविधिक पक्ष भन्नाले उक्त कम्पनीको दोस्रो बजारमा कस्तो किसिमको  माग र आपूर्ति  छ,  यसको साथै उक्त कम्पनीको बजार मूल्य घट्ने  बढ्ने क्रम कस्तो रुपमा रहेको छ भन्ने कुराको अध्यन हो। यसले कम्पनीको मार्केट ट्रेन्डलाइ अध्ययन गर्छ। यस लेखमा हामी विशेषगरी  आधारभूत पक्ष को बारेमा छलफल गर्दछौ। 

हामीले  लगानी  गर्ने कम्पनी छनौट गर्दा कुन कुराहरु अध्ययन गर्नुपर्छ?

 प्रति सेयर आम्दानी(EPS)

कम्पनीले   कमाएको कुल नाफालाई उक्त कम्पनीको जम्मा सेयरले भाग गर्दा आउने रकमलाई प्रतिशेयर आम्दानी भनिन्छ। जस्तै कुनै कम्पनीको कुल पूँजी रु ८ अरब छ र उक्त कम्पनीले एक वर्षमा रु २ अरब कमाएको छ भने उक्त कम्पनीको प्रति शेयर आम्दानी रु २५ हुन्छ। यहाँ  कुल पूँजी ८ अरबलाई  प्रतिशेयर रु १०० को दरले जम्मा ८ करोड  कित्तामा विभाजन गरिएको हुन्छ। यहाँ नाफा रु दुई अर्ब लाई ८ करोडले भाग गर्दा रु २५ आउँछ। प्रतिशेयर आम्दानीले उक्त कम्पनीमा रु १०० लगानी गर्दा कति नाफा दिन्छ भन्ने कुरा देखाउँछ।

यहाँ उक्त बैंकमा रु १०० लगानी गर्दा प्रतिवर्ष रु २५ नाफा दिन्छ भन्ने अर्थ लाग्छ। तर हामीले के बुझ्नुपर्छ भने उक्त कम्पनीको फेस भ्यालु १०० भएतापनि दोस्रो बजारमा उक्त कम्पनीको किनवेच प्रतिशेयर रु १०० भन्दा बढीमा  कारोबार भइराखेको हुन्छ। जस्तै २०७७ साल भाद्र ४ गते नबिल बैंक को प्रतिसेयर रु ८१७ मा कारोवार भैरहेको थियो जबकि यसको फेस भ्यालु रु १०० मात्र हो।सामान्यतया प्रति शेयर आम्दानी रु १५ भन्दा बढी भएको कम्पनी राम्रो मानिन्छ। चौथो त्रैमासिक विवरण  अनुसार नेपालमा  दोस्रो बजारमा कारोबार भएका वाणिज्य बैंकहरुमध्ये  नबिल बैंक (३५.३२ ), एनआईसी एशिया (३२ ), कृषि विकास बैंक (३२) एभरेस्ट बैंक (२९.३०), हिमालयन बैंक (२७.१३) ,स्टाण्डर्ड चार्टर्ड बैंक (२४) , नेपाल बैंक लिमिटेड (२२),सिद्धार्थ बैंक (२१.३८ ) , सानिमा बैंक (१९.३५),ग्लोबल आइएमइ बैंक (१८.६७),नेपाल इन्भेष्टमेन्ट बैंक (१८.०५), बैंक अफ काठमाण्डौ (१७.२६), नेपाल एसबीआइ बैंक (१७) एन एम बि बैंक (१६.७३),प्राइम कमर्सिअल बैंक (१६.३९), सनराइज बैंक (१५.५३), लक्ष्मी बैंक (१५.१३) र नेपाल बंगलादेश बैंक (१५) जस्ता बैंकहरुको प्रतिसेयर आम्दानी रु १५ भन्दा बढी छ। 

प्रतिसेयर खुद मूल्य(Networth वा Book Value)

कम्पनीहरुले आफूले कमाएको सम्पुर्ण नाफा सेयरधनीहरुलाई बाँड्न मिल्दैन। कमाएको  नाफामध्ये केही रकम कम्पनीमा रिजर्भ स्वरुप  राखिन्छ। यसरी प्रत्येक वर्ष नाफा  बाट केही रकम  रिजर्भमा   जम्मा गर्दै जाँदा कुल रिजर्भ पनि बढ्छ। कम्पनीको कुल पूँजिमा कुल रिजर्भ जोड्दा जति रकम आउँछ त्यसलाई कुल शेयर संख्याले भाग गर्दा आउने रकमलाई प्रतिशेयर  खुद मूल्य भनिन्छ। प्रति शेयर  खुद मूल्य रु १५० भन्दा बढी भएको कम्पनी राम्रो मानिन्छ।

चौथो त्रैमासिक विवरण अनुसार  नेपालमा  दोस्रो बजारमा कारोबार भएका बाणिज्य  बैंकहरू मध्य नेपाल बैंक लिमिटेड (२६७), नबिल बैंक (२५५ ),कृषि विकास बैंक (२४०), एभरेस्ट बैंक (२१८), नेपाल इन्भेष्टमेन्ट बैंक (१९२), स्टाण्डर्ड चार्टर्ड बैंक (१८८), हिमालयन बैंक (१८७), एनआईसी एशिया (१७७ ), बैंक अफ काठमाण्डौ (१६७), नेपाल एसबीआइ बैंक (१६४), सिद्धार्थ बैंक (१६३) ,ग्लोबल आइएमइ बैंक (१५३), प्रभु बैंक (१५१), सनराइज बैंक (१५०) र नेपाल बंगलादेश बैंक (१५०) जस्ता बैंकहरुको प्रतिसेयर खुद मूल्य रु १५० भन्दा  बढि रहेको छ। 

पीइ रेसियो (Price to Earning Ratio)

दोस्रो बजारमा कायम भएको शेयरको मूल्यलाई उक्त शेयरको प्रतिशेयर आम्दानीले भाग गर्दा निस्केको  अनुपात लाइ पीइ रेसियो भनिन्छ। जस्तै:  नबिल बैंकको२०७७ साल भदौ ४ गते दोस्रो बजारमा शेयरको मूल्य रु ८१७ हुँदा यस मूल्यलाई  उक्त  बैंकको प्रतिशेयर आम्दानी ले भाग गर्दा  उक्त बैंकको पीइ रेसियो २३.१३ हुन आउँछ। कुनैपनि कम्पनीको  PE Ratio ले रु १ (एक) कमाउनको लागि कति लगानी गर्नुपर्छ भन्ने देखाउँछ। जस्तै यहाँ नबिल  बैंक को PE Ratio २३.१३  ले के देखाउँछ भने  उक्त कम्पनीमा रु एक रुपैया कमाउन  रु २३.१३ लगानी गर्नु पर्छ। साधारणतया   PE  Ratio कम भएको कम्पनी राम्रो मानिन्छ। पीइ रेसियो १५  देखि २० सम्म भएको कम्पनी  लगानी गर्न उपयुक्त कम्पनी मानिन्छ। 

२०७७ साल भदौ ४ गते दोस्रो बजार मूल्यको आधारमा  नेपालमा दोस्रो बजारमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक लिमिटेड (१२.७७), नेपाल बंगलादेश बैंक (१२.८६), कृषि विकास बैंक(१२.८७), बैंक अफ काठमाण्डौ (१२.९७), ग्लोबल आइएमइ बैंक (१३.४४), सिद्धार्थ बैंक (१३.७५), कुमारी बैंक (१४.४४), सनराइज बैंक (१४.४८), सिटिजन बैंक (१४.९३), लक्ष्मी बैंक (१५), माछापुच्छ्रे वैंक(१५.०६), नेपाल क्रेडिट एंड कमर्स बैंक (१५.७१), सेन्चुरी बैंक (१५.९७), प्रभु बैंक (१६), ,प्राइम कमर्सिअल बैंक (१६.६०),  एनआईसी एशिया (१७.५), सानिमा बैंक (१७.०५) र मेगा बैंक (१८.६६) जस्ता बैंकको  पीइ रेसियो २० भन्दा  कम छ।  उक्त दिनको बजार मूल्यलाई आधार मान्ने हो भने स्टाण्डर्ड चार्टर्ड बैंक (२६), सिभिल बैंक (२५.०४), एन एम बि बैंक (२४.५०)), एभरेस्ट बैंक (२४.२३ ), नेपाल इन्भेष्टमेन्ट बैंक (२३.२१), नबिल बैंक (२३.१३), नेपाल एसबीआइ बैंक (२३), र  हिमालयन बैंक (२०.२७) जस्ता बैंक हरुको  पीइ रेसियो २० भन्दा बढी छ। यसको मतलब उक्त कम्पनीहरु दोश्रो बजारका महङ्गा कम्पनीहरु हुन्। 

P/ B रेसियोPrice to Book Value Ratio)

कुनै कम्पनीको बजार मूल्यलाई उक्त कम्पनीको  प्रतिसेयर  खुदमूल्यले भाग गर्दा आउने संख्या नै   P/B Ratio हो। जस्तै नबिल  बैंकको बजार मुल्य Rs. ८१७ र उक्त कम्पनीको प्रतिशसेयर खुद मूल्य   रु २५५ छ भने उक्त कम्पनीको  P/B  रेसियो ३.२० हुन्छ। यसको मतलब  लगानीकर्ताहरु उक्त कम्पनीको प्रतिशेयर खुद मूल्यभन्दा ३.२ गुणा मूल्य तिरेर शेयर खरीद गर्न तयार छन् भन्ने बुझिन्छ।कम P/B Ratio भएको कम्पनी लगानीको दृष्टिकोण बाट उपयुक्त कम्पनी मानिन्छ। साधारणतया P/B Ratio २ भन्दा कम भएको कम्पनी लगानी गर्न उपयुक्त कम्पनी मानिन्छ। नेपालमा दोस्रो बजारमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक लिमिटेड (१.०५), सिभिल बैंक (१.१४), नेपाल बंगलादेश बैंक (१.२५), सिटिजन बैंक (१.३१),बैंक अफ काठमाण्डौ (१.३४), कुमारी बैंक (१.३५), एनसीसी बैंक (१.३५), सेन्चुरी बैंक (१.३६) प्रभु बैंक (१.४७), सनराइज बैंक (१.५), लक्ष्मी बैंक (१.५९), मेगा बैंक (१.६१), माछापुच्छ्रे बैंक (१.६३), ग्लोबल आइएमइ  बैंक (१.६४), कृषि विकास बैंक(१.७१), सिदार्थ बैंक (१.८०), प्राइम कमर्सियल बैंक (१.८६) जस्ता बैङ्कहरूका P/B Ratio २ (दुइ )  भन्दा कम रहेका छन्। यसको मतलब ती बैंकहरूको बजार मुल्य  सस्तो छ। स्टाण्डर्ड चार्टर्ड बैंक(३.३९), एभरेस्ट बैंक (३.२५), नबिल बैंक (३.२०), एनआईसी एशिया(३.१६), हिमालयन बैंक (२.९४), एनएमबी (२.७६), नेपाल एसबीआई बैंक(२.४३ ), सानिमा बैंक (२.२९ ) र नेपाल इन्भेष्टमेन्ट बैंक (२.१८) जस्ता  बैंक हरुको P/B Ratio २(दुई)  भन्दा बढी रहेको छ। यसको मतलब  यी बैंकहरूको दोस्रो बजार शेयर मूल्य   बढी भएको बुझिन्छ। 

लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा कम्पनीहरुले त्रैमासिक रुपमा निकालिएको  वित्तीय विवरणमा दिएका सुचकहरु लाई विश्लेषण गरी माथि उल्लेखित सूचकाङ्कहरू निकालेर उक्त सुचकहरु को विश्लेषण गरी दीर्घकालिन रुपमा लगानी गरेमा सेयर बजार बाट राम्रै आम्दानी गर्न सकिन्छ। आफ्नो नियमित ब्यापार ब्यवसाय तथा जागिर समयलाई असर नगरिकन बिहान-बेलुका विभिन्न कम्पनीहरूको वित्तीय विवरण तथा अन्य सूचनाहरु को जानकारी लिई सेयरबजारमा लगानी गर्न सक्ने भएका कारणले गर्दा सेयरबजारमा  लगानीकर्ताको भविष्य उज्ज्वल छ।

हामीले माथिको विश्लेषणबाट पनि के कुरा  बुझी सक्यौं भने अधिकांश वाणिज्य  बैंकहरूको दोस्रो बजारमा शेयर मूल्य कम रहेको छ। यसको साथै अन्य क्षेत्रका कम्पनीहरु जस्तै  विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, बिमा कम्पनी, हाइड्रो पावर कम्पनी, होटलहरू र अन्य  क्षेत्रका कम्पनीहरु पनि लगानीको लागि उपयुक्त कम्पनी हुनसक्छन। 

source: www.gothalokhabar.com

No comments:

Post a Comment