Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Sunday 13 February 2022

 यो कविता वरिष्ठ विश्लेषकहरुको विश्लेषणको आधारमा सृजना गरिएको हो ।


MCC लागु भएपछि


रक्तपात हुन सक्छ

क्षतविक्षत हुन सक्छ

यो देश, देश जस्तो रहन्न

शायद

MCC लागु भएपछि


देशको कानुनभन्दा 

एमसिसिको कानुन ठूलो

अनुदानको नाममा 

देश लुट्ने परिकल्पना

र आफ्नै देशमा हामी 

असुरक्षित हुनेछौँ 

शायद 

MCC लागु भएपछि


फाटिनेछौँ÷टाढिनेछौँ

हामी, हाम्राहरुसँग

हाम्रा प्रिय मनहरुसँग

भन्न पाउने छैनौँ

यो समाज, वस्ती, बाटोघाटो

हाम्रो आफ्नै हो भनेर

शायद

MCC लागु भएपछि


आऊ त्यसैले आऊ संकोच नमानी

केही छिन ख्याल ठट्टा गरौँ

केही छिन तितामीठा पल साटौँ

केही छिन यो देशलाई सुम्सुमौँ

धित मरुन्जेल केही छिन 

हामी कतै हरौँ

MCC लागु हुन पूर्व ।


No comments:

Post a Comment