चे ग्वेभारा र वामपन्थी भन्न रुचाउने नेपाली नेताहरू
सन् १९२८ को जुन १४ मा ल्याटिन अमेरिकाको एउटा देश अर्जेन्टिनाको एक मध्यमवर्गीय इन्जिनियर परिवारमा क.चे ग्वेभाराको जन्म भएको थियो । उहाँको वास्तविक नाम अर्नेष्टो ग्वेभारा डेला सेर्ना थियो तर पनि परिवारमा मायाले बोलाउने नाम तेते थियो । संघर्षको क्रममा उहाँले आफ्नो नामलाई परिवर्तन गरेर चे राख्नु भयो । चेको अर्थ हो- हाम्रो अर्थात हाम्रो (चे) ग्वेभारा । र उनी यही नामले आजसम्म प्रसिद्ध छन् । अर्जेन्टिनामा जन्मनु भएका क. चे क्यूवाली क्रान्तिमा एक प्रमुख नायक हुनुहन्थ्यो । क्यूवाली क्रान्ति सफल हुनुमा उहाँले छापामार युद्धको निर्णायक भूमिका सम्हाल्नुभएको थियो । क्यूवाली क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका क. चे यही छापामार युद्धका एक प्रतिपादको रूपमा समेत चर्चित हुनुहुन्छ ।
क. चे ग्वेभाराको रगतका कण-कणमा उहाँको परिवारको संस्कृति मिसिएको थियो । उहाँले परिवारबाट न्यायप्रतिको माया, फासीवादप्रतिको घृणा, धार्मीक, सहिष्णुता, साहित्यमा रूचि, कविताप्रतिको प्रेम एवं पैसा कमाउ प्रवृतिको वितृष्णाको संस्कृति सिक्नुभएको थियो । तर पनि विद्रोही आफ्नो स्वाभावलाई नदबाई पारिवारिक संस्कृतिको जगमा उभिएर उहाँले जीवन, जगत र किताबको गहिरो अध्ययनमा डुब्न थाल्नु भयो । साथै त्यसवाहेक अर्जेन्टिना, ल्याटिन अमेरिकाभरिकै यात्राको क्रममा थाहा भएको साम्राज्यवादी, सामन्तवादी अनुसन्धानले क. चेलाई क्रान्तिकारी बनायो । त्यतिमात्र होइन आफ्नो स्कुलका समकालीन विध्धार्थीहरू र शिक्षकका आँखामा क. चे आत्मविश्वासी, विचारमा पूर्ण, बहुआयामिक, विद्रोही, अस्वाभाविक रूपमा हुर्के-बढेका, प्रौढता हासिल गरेका, आफ्नै व्यक्तित्वभएका मुढी, अनुशासित, र अध्ययनशील हुनुहुन्थ्यो । त्यसैले स्कुलको अध्ययनक्रममै उहाँले क्रान्तिसम्बन्धी धेरै ज्ञान प्राप्त गरिसक्नुभएको थियो । उहाँको पारिवारिक आशामा चे एउटा सफल इन्जिनियर हुनेछ भन्ने चाहना थियो । तर क्यान्सर रोगले हजुरआमाको मृत्यु, त्यही रोगसँगै फेरि पनि आफ्नै आमाको युद्ध र आफू पनि दमको रोगले पीडित उहाँलाई डाक्टरी पढ्न घच्घचायो र ६ वर्षमै पूरा गर्नुभयो । तर पनि उहाँले त्यो डाक्टरी पेशालाई आफ्नो जीवन निर्वाहको रूपमा नहेरी त्यागिदिए र साहित्यिक अध्ययनमै गहिरो रूपमा डुब्न थाल्नुभयो । यही क्रममा उहाँले आफ्नो देश लगायत ल्याटिन अमेरिकाको कुना-कुनासम्म साइकल यात्रामा सवार भए । यही घुमन्ते पढन्ते वानीले नै उहाँले मार्कसदेखि फ्राइडसम्मका किताबहरू अध्ययन गरिसक्नुभएको थियो । यही सिलसिलामा एउटा मेडिकल साइन्सको अनुसन्धानकर्ता हुनुभन्दा पनि पीडित जनतालाई राहत दिनु अनि त्योभन्दा पनि बढी महत्वपूर्ण लक्ष्य देश र देशवासीको निम्ति सफल क्रान्तिको लक्ष्य पूरा गर्नु उहाँको मनसपटलमा बारम्बार आइरह्यो । अझ भन्ने हो भने उहाँलाई यात्राभरिका सम्पूर्ण राष्ट्रमा रहेका भरिया, पछि परेका आदिवासीहरू, विभिन्न किसिमका मजदुरवर्गहरूका रहनसहनले उहाँलाई थप क्रान्तिकारी बन्ने उर्जा थपिदियो । फलस्वरूप सन् १९५३ को बोलिभिया देशको यात्रामा निस्कदा त्यहाँ भइरहेको पूँजीवादी सुधारवादी सरकारले टीन खानीलाई राष्ट्रियकरण गर्ने, जमीनहरू आदीवासी किसानहरूलाई वितरण गर्ने प्रथाले उहाँलाई एउटा असल क्रान्तिकारी कै रूपमा खरो उत्रने प्रेरणा मिल्यो । क. चे बोलिभियाको यात्रापछि उहाँ
आफ्ना सहयात्री रोजेसँग पेरूका ग्वाक्वील क्षेत्रमा रहेका आदिवासीहरूका बस्ती नियाल्दै ग्वाटेमाला पुग्नुभयो जहाँ अर्को क्रान्तिको उदय हुदै थियो र त्यही रहेर उहाँले त्यहीका आर्वेन्ज सरकारलाई सहयोग गर्ने उदेश्य लिनुभयो । तर त्यो अवसरबाट वन्चित हुनुपर्यो त्यहाँको पार्टी सदस्य नभएको कारणले । यसै समयमा अमेरिकी साम्राज्यवादको षडयन्त्रले गर्दा सन् १९५४ मा आर्वेन्ज सरकारलाई सैनिक विद्रोहमार्फत अपदस्त गरियो र चे पनि त्यही संघर्षको मैदानमा होमिन पुगी त्यहाँका सैनिकहरूले ग्वाटेमालामा गरेका प्रतिक्रान्तिकारी हमलाको विरोधमा त्यहाँका जनतालाई सशस्त्र प्रतिरोध गर्नका लागि उत्प्रेरित गर्दै आफै पनि खट्नुभयो तथापि त्यो क्रान्ति सफल हुन सकेन र उहाँ दुई महिनाजति अर्जेन्टिनाको दुतावासमा शरण लिन पुग्नुभयो ।

यसरी विभिन्न संघर्षमा मुछिदै क. चे आफ्नो मातृभूमि अर्जेन्टिनादेखि ल्याटिन अमेरिकी देशहरू र कंगोलगायत अफ्रिकी देशहरूका सबै क्रान्तिकारीहरूलाई हरेक प्रकारको सहयोग प्रदान गर्दै हिंड्नुभयो । साम्राज्यवाद र सामन्तवादको विरोधमा खरो उत्रदै उहाँले विश्वलाई नै एउटा सन्देश दिनुभएको थियो- “जो कोही पनि क्रान्तिकारीहरू सर्वहरा सेनासँगै सर्वहरा अन्तराष्ट्रियताको विकास गर्नुपर्छ । जुन झण्डामूनि रहेर संघर्ष गरिन्छ, त्यो मुक्त मानवताको पवित्र उदेश्यको प्रतिक हुनुपर्छ । जुन संघर्ष र वलिदान छ त्यो आफ्नो देशको मुक्तिको लागि र विकासको लागि हुनुपर्छ ।” त्यतिमात्रै नभएर साँच्चै उहॉँ सच्चा समाजवादी मान्छेको ज्वलन्त उदाहरण पनि हो- जो व्यक्तिगत स्वार्थभन्दा माथि उठेको, मानवीय संवेदनशीलताले भरिपूर्ण भएको, अन्याय र अत्याचार सहन नसक्ने विद्रोही भाव भएको, हरेक कुराप्रति आलोचक, जागृत र अत्यन्तविवेकशील भएको मान्छे । हो उहाँ अन्तराष्ट्रियवादी हुनुहुन्थ्यो ।
अर्को महत्वपूर्ण पक्ष भनेको १९५९ को क्रान्ति समापनपछि चेलाई उधोगमन्त्री बनाइयो, राष्ट्रिय बैंकको अध्यक्ष पद दिइयो, कमान्डर बनाइयो, क्यूवाली नागरिकता प्रदान गरियो तथापि चेले नत क्यूवामा ठूलो, अग्लो महल ठडाए नत करोडौं पर्ने गाडी नै जोडेर चढे नत मोजमस्तीमै हराए । विचार गर्दा स्पष्टरूपमा यो देखिन्छ कि कुनै पनि महत्वपूर्ण पद अनि एेस-आरामले लोभ्याएनन् उनलाई । बरू उहाँ मजदुरहरूका रूपमा स्वयंसेवक गर्न जान्थे खानीहरूमा, कारखानाहरूमा । र विदाका दिनहरूमा पनि आराम नगरी मजदुर सरह श्रम गर्न जान्थे कि उनलाई थाहा होस्- कस्तो जीवन बाँच्दारहेछन् र कति कठोर परिश्रम गर्दारहेछन् मजदुरहरू ।
चे भन्नु यसो होइन एक होनहार व्यक्ति थिए राष्ट्रका लागि मात्र नभएर अन्तराष्ट्रकै निम्ति । अझ बुझ्दै र गहन तरिकाले अध्ययन गर्दै जाने हो भने उनको जीवनको महानता यसरी देख्न सकिन्छ- उनी जे भन्थे, त्यही गर्थे र जे गर्थे त्यही भन्थे । उनको भनाई र गराइमा यही अडिकता थियो । उनको सिद्धान्त र व्यवहारमा कुनै अन्तरविरोध थिएन । “समाजवाद निर्माण गर्न नयाँ समाजवादी मान्छे पैदा हुनुपर्दछ” र त्यसको पहिलो नमूना नेता आफै हुनुपर्दछ । अझ यसो भन्नुहुन्थ्यो- “संक्रमणकालमा केही समय भौतिक उत्प्रेरणा त चाहिन्छ तर यसैलाई कामको मुख्य प्रेरणा बनाइयो भने समाजवादी मान्छे कहिल्यै तयार हुदैन । खाली पैसालाई मात्र सबथोक ठान्ने स्वार्थी मान्छे पैदा हुन्छ । र उहाँको कठोर धारणा थियो- समाजवाद निर्माण गर्न नियम र साधनबाट समाजवादको निर्माण कदाचित हुदैन । समाजवाद र साम्यवादको निर्माण भनेको खाली सम्पत्तिको उत्पादन र वितरण मात्र होइन यो शिक्षा र चेतनाको पनि सवाल हो जसले उच्च चेतना र उच्च नैतिकता भएको मान्छे पैदा गर्दछ । यही उनको सोच र धारणाले नै उनलाई विश्वमा समाजवाद क्रान्तिका एक अग्रणी पनि मानिन्छ ।

कुर्सी तानातान र टिक्ने प्रवृतिमा रहेका नेपाली वामपन्थी हाम्रा नेताहरू जसले समाजवाद र साम्यवादका चर्चा गर्छन्, देश परिवर्तनका सवालमा कुरा उठाउछन्, उच्च चेतना र नैतिकताको पक्षमा विशेष तर्क प्रस्तुत गर्छन्- विगतका इतिहासदेखि अध्ययन गर्ने हो भने राणाकालिन शासन प्रणाली त्यसपछि प्रजातन्त्र, पन्च्याती व्यवस्था, बहुदलिय व्यवस्था हुदै ०६२/०६३को जनयुद्ध पछिको लोकतान्त्रिक गणतन्त्रमा रहेका आम हामी नेपाली अनि सिँगो हाम्रो नेपाल यतिबेला “जुन जोगि आए नि कानै चिरा”, “हात्ती आयो हात्ती आयो फुस्स” प्रचलित उखानजस्तै हिजोकै परिवेशमा गुज्रिरहेका छौँ हामी, उसैरी हाम्रो राष्ट्र पनि । हुन त देश हाक्न तम्सेका नेताहरू कुनैले पनि भनेका वा प्रस्तुत गरेका सवाललाई अलिकति पनि व्यवहारमा उतारेको देखिदैन । यिनै कमजोरीले गर्दा सदियौदेखि हामी चेपिएका छौँ, थिचिएका छौँ र हाम्रा आफ्ना सिमानाहरू गुमाइरहेका छौँ । तीनै पछौटेपन, हैकमवादी, सामन्तवादी, मोजमस्तीमा लालस, हामी र हाम्रो राष्ट्रको अस्तित्वमाथि कुरितीका बुट बजार्ने खोक्रो सोच र धारणा भएका नेताहरूले चे ग्वेभारासँग तुलना गर्नुभन्दा पहिला चे को बाटोमा कमसेकम हिँडाउन सक्नुपर्छ आफूलाई । चे ग्वेभाराबाट पाठ सिक्नु जरूरी देखिन्छ हाम्रा नेताहरूले ।*
No comments:
Post a Comment