Wednesday, 4 April 2018
Sunday, 18 March 2018
शब्दालय नेपालको सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ,- शब्दालय नेपाल चाबहिल, काठमाडौँले २०७४ सालको सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम विविध मनोरञ्जनात्मक प्रस्तुतिसहित भव्य रुपले सम्पन्न गरेको छ ।
आफ्नो छुट्टै प्राज्ञिक स्तर निर्माण गर्दै गरेको काठमाडौँको चाबहिल, लामपोखरीस्थित शब्दालय नेपाल स्कुलले चैत्र ३ गते विभिन्न अतिथि, अविभावक, संस्थापक तथा विद्यार्थीहरूको उपस्थितिमा करिब ४ घन्टाको कार्यक्रम प्रस्तुत गरेको छ । विभिन्न व्यक्तित्वहरूको आसनग्रहण, पञ्चकन्याबाट दीप प्रज्वलन, राष्ट्रिय गान र स्वागत गीतबाट अगाडि बढेको कार्यक्रममा स्कुलका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूका नृत्य र गायन प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन दिलाएको हो । विशेषतः हरेक फरक प्रस्तुतिबाट उपस्थित अभिभावकहरूलाई प्रशस्त मनोरञ्जन दिलाउन सफल कार्यक्रममा ससाना नानीहरूले देखाएका कला र गायन हेर्दा अभिभावकहरू बढी हौसिएका थिए । विद्यार्थीहरूले होइ च्याङ्वा, सुर्के थैली खोई, माया माया, शिरसाया हेगु, चरी चट्ट परीलगायतका गीतमा सुन्दर नृत्य प्रस्तुत प्रस्तुत गरेका छन् । विद्यार्थीहरूका राइम्स, ट्राफिक दाइ, गाजलु ती ठूला ठूला आँखा, बनेको छ पहराले, अर्केष्ट्रालगायतका गायनले पनि प्रशस्त मनोरञ्जन दिलाउन सके ।
Monday, 4 December 2017
Poem
सङ्खघोष गरिरहेछन् इच्छाहरु
मान्छे
तिमी सक्छौ
जे पनि गर्न सक्छौ
म भित्रको मानवता जुर्मुराउन खोज्दै
सङ्खघोष हरिरहेछन् इच्छाहरु
मान्छे
तिमी सक्छौ
जे पनि गर्न सक्छौ
म भित्रको मानवता जुर्मुराउन खोज्दै
सङ्खघोष हरिरहेछन् इच्छाहरु
आगो निल्न सक्छौ
आगो ओकल्न सक्छौ
धारहरुमा यात्र तयार गर्न सक्छौ
जुध्न सक्छौ जङ्गली जनावरहरुसङ्ग
म देखिरहेको छु तिमीभित्रको "क्षमता"
खुम्चिनु हुदैन, फैलिनु पर्छ व्रम्हाण्डजस्तै
सङ्खघोष हरिरहेछन् इच्छाहरु
आगो ओकल्न सक्छौ
धारहरुमा यात्र तयार गर्न सक्छौ
जुध्न सक्छौ जङ्गली जनावरहरुसङ्ग
म देखिरहेको छु तिमीभित्रको "क्षमता"
खुम्चिनु हुदैन, फैलिनु पर्छ व्रम्हाण्डजस्तै
सङ्खघोष हरिरहेछन् इच्छाहरु
Saturday, 8 April 2017
Welcome Speech by Keshar Thulung (At Shabdalya Nepal) English School-
नमस्ते,
यस सभाका सभापतिज्यू,
हाम्रो आग्रहलाई खुल्ला हृदयले सहर्ष स्वीकार्दै पाल्नुभएका प्रमुख अतिथिज्यू, अन्य अतिथि गणहरु, आदरणीय अभिभावकज्यूहरु, शिक्षक-शिक्षिकाज्यूहरु, विद्धार्थी भाइबहिनीहरू लगायत यहाँ उपस्थित महानुभावहरू-
सर्वप्रथम त शब्दालय नेपालको आजको यो विशेष "Program" मा यहाँहरू सबैलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु ।
अंग्रेजीमा एउटा प्रसिद्ध भनाई छ "Children are our tomorrow, they are our bright future " यही कुरालाई मधेनजर गर्दै शब्दालय नेपालले आयोजना गरेको यो "Program" ले अभिभावक, विद्धार्थी तथा शिक्षक-शिक्षिकाबीच तृकोणात्मक घनिष्ठता प्रदान गर्ने कुरामा मलाई लाग्छ दुईमत नहोला । विश्वास छ यो "Program" ले अझ बढिभन्दा बढि हामी र हाम्रो बिद्धार्थीमा परिवर्तन ल्याउने छ । यही विषयलाई विशेष जोडका साथ प्रस्तुत गर्नु हुनेछ आजका हाम्रा प्रस्तोताहरुले र यो हुनेछ हाम्रो पहिलो चरणको "Program" मा । दोस्रो चरणको "Program" हुनेछ शब्दालय नेपालका बिद्धार्थीहरुका मनोरन्जनात्मक प्रस्तुति जसले हामी सबैलाई मनोरन्जन प्रदान गर्ने छ । रहनुहोस् खुसीका साथ । शब्दालय नेपालले आयोजना गरेको यो विशेष "Program" सफल रहोस साथै धैर्यताका साथ अन्तसम्म हेरी सबैले सहयोग गरी दिनुहुनेछ विनम्र अनुरोधका साथ अन्त्यमा फेरि एकपटक् म र बिद्धालयका तर्फबाट विविध व्यस्तताका बावजुद यो "Program" सफल बनाउनका लागि यहाँ पाल्नुभएका तमाम महानुभावहरुमा हार्दिक स्वागत गर्दै मेरो छोटो मन्तव्य टुँगाउन चाहन्छु । धन्यवाद, नमस्ते ।
Sunday, 26 February 2017
Wednesday, 21 December 2016
Thursday, 4 February 2016
Wednesday, 18 November 2015
Wednesday, 11 November 2015
Muktak
विसँगति-विसंवादी कू'नीति लाद्ने तँ साला भारत
नकचरो, ढवाँगी, अविवेकी, विचेष्ट तँ साला भारत
नेपालको प्रगति र हित नचाहने कालो मन भएको
गरेर नाकाबन्दी आफै तल गिरिस् तँ साला भारत ।
नकचरो, ढवाँगी, अविवेकी, विचेष्ट तँ साला भारत
नेपालको प्रगति र हित नचाहने कालो मन भएको
गरेर नाकाबन्दी आफै तल गिरिस् तँ साला भारत ।
Tuesday, 6 October 2015
Saturday, 3 October 2015
चे ग्वेभारा र वामपन्थी भन्न रुचाउने नेपाली नेताहरू
सन् १९२८ को जुन १४ मा ल्याटिन अमेरिकाको एउटा देश अर्जेन्टिनाको एक मध्यमवर्गीय इन्जिनियर परिवारमा क.चे ग्वेभाराको जन्म भएको थियो । उहाँको वास्तविक नाम अर्नेष्टो ग्वेभारा डेला सेर्ना थियो तर पनि परिवारमा मायाले बोलाउने नाम तेते थियो । संघर्षको क्रममा उहाँले आफ्नो नामलाई परिवर्तन गरेर चे राख्नु भयो । चेको अर्थ हो- हाम्रो अर्थात हाम्रो (चे) ग्वेभारा । र उनी यही नामले आजसम्म प्रसिद्ध छन् । अर्जेन्टिनामा जन्मनु भएका क. चे क्यूवाली क्रान्तिमा एक प्रमुख नायक हुनुहन्थ्यो । क्यूवाली क्रान्ति सफल हुनुमा उहाँले छापामार युद्धको निर्णायक भूमिका सम्हाल्नुभएको थियो । क्यूवाली क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका क. चे यही छापामार युद्धका एक प्रतिपादको रूपमा समेत चर्चित हुनुहुन्छ ।
Thursday, 10 September 2015
Monday, 7 September 2015
Gajal
बोक्नु छ युवा हो आउ अब देस बोक
आफ्नै भाषाभेष आफ्नै संस्कृति बोक ।।
युगौ-युगका आदिम वस्ती उस्तै रहे यहाँ
परिवर्तन प्रगतिको सच्चा जोश बोक ।।
आफ्नै भाषाभेष आफ्नै संस्कृति बोक ।।
युगौ-युगका आदिम वस्ती उस्तै रहे यहाँ
परिवर्तन प्रगतिको सच्चा जोश बोक ।।
Muktak
रिसले चुरमुराउँदै आवेगमा आएर विद्रोह मच्चायौ रे
आसा अनि विस्वास हाम्रो प्रेमको सुमधुर सम्बन्ध तोड्यौ रे
को हो "केशर" चिन्दिन/जान्दिन उ त मरिसकेउ भन्दै
कोठाभरि सजिएका मेरो तस्विरहरु जलाएर खरानी पार््यौ रे ।
आसा अनि विस्वास हाम्रो प्रेमको सुमधुर सम्बन्ध तोड्यौ रे
को हो "केशर" चिन्दिन/जान्दिन उ त मरिसकेउ भन्दै
कोठाभरि सजिएका मेरो तस्विरहरु जलाएर खरानी पार््यौ रे ।
Thursday, 27 August 2015
Song
Keshar Thulung
हाँस्न सिकाउने तिमी कहाँ गयौ, कहाँ
बाँच्न सिकाउने तिमी कहाँ हरायौ, कहाँ
चुमेर अधर मीठो बात गर्ने
रिसाएर फेरि अटुट माया लाउने
मन-मन मिलेर सुन्दर जीवन ज्यूँने
मेरो खुसी तिमी कहाँ गयौ, कहाँ
बाँच्न सिकाउने तिमी कहाँ हरायौ, कहाँ
रिसाएर फेरि अटुट माया लाउने
मन-मन मिलेर सुन्दर जीवन ज्यूँने
मेरो खुसी तिमी कहाँ गयौ, कहाँ
बाँच्न सिकाउने तिमी कहाँ हरायौ, कहाँ
Muktak
Keshar Thulung
बोल्छौ मात्र कति ? विश्वासिलो काम पनि गर नेताज्यू
परिवर्तन गरि राष्ट्रलाई सम्मुनत बनाउन अघि बढ नेताज्यू
भ्रष्टचार मुक्त, दमनहीन, त्रासहीन समाज स्थापना गर्ने भए
दायाँवायाँ, तलमाथि नगरी निस्वार्थ भावले जुट नेताज्यू
बोल्छौ मात्र कति ? विश्वासिलो काम पनि गर नेताज्यू
परिवर्तन गरि राष्ट्रलाई सम्मुनत बनाउन अघि बढ नेताज्यू
भ्रष्टचार मुक्त, दमनहीन, त्रासहीन समाज स्थापना गर्ने भए
दायाँवायाँ, तलमाथि नगरी निस्वार्थ भावले जुट नेताज्यू
Thursday, 13 August 2015
Subscribe to:
Posts (Atom)