Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Saturday 8 April 2017

Welcome Speech by Keshar Thulung (At Shabdalya Nepal) English School-


नमस्ते,
यस सभाका सभापतिज्यू,

हाम्रो आग्रहलाई खुल्ला हृदयले सहर्ष स्वीकार्दै पाल्नुभएका प्रमुख अतिथिज्यू, अन्य अतिथि गणहरु, आदरणीय अभिभावकज्यूहरु, शिक्षक-शिक्षिकाज्यूहरु, विद्धार्थी भाइबहिनीहरू लगायत यहाँ उपस्थित महानुभावहरू-

सर्वप्रथम त शब्दालय नेपालको आजको यो विशेष "Program" मा यहाँहरू सबैलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु ।

अंग्रेजीमा एउटा प्रसिद्ध भनाई छ "Children are our tomorrow, they are our bright future  " यही कुरालाई मधेनजर गर्दै शब्दालय नेपालले आयोजना गरेको यो "Program" ले अभिभावक, विद्धार्थी तथा शिक्षक-शिक्षिकाबीच तृकोणात्मक घनिष्ठता प्रदान गर्ने कुरामा मलाई लाग्छ दुईमत नहोला । विश्वास छ यो "Program" ले अझ बढिभन्दा बढि हामी र हाम्रो बिद्धार्थीमा परिवर्तन ल्याउने छ । यही विषयलाई विशेष जोडका साथ प्रस्तुत गर्नु हुनेछ आजका हाम्रा प्रस्तोताहरुले र यो हुनेछ हाम्रो पहिलो चरणको "Program" मा । दोस्रो चरणको "Program" हुनेछ शब्दालय नेपालका बिद्धार्थीहरुका मनोरन्जनात्मक प्रस्तुति जसले हामी सबैलाई मनोरन्जन प्रदान गर्ने छ । रहनुहोस् खुसीका साथ । शब्दालय नेपालले आयोजना गरेको यो विशेष "Program" सफल रहोस साथै धैर्यताका साथ अन्तसम्म हेरी सबैले सहयोग गरी दिनुहुनेछ विनम्र अनुरोधका साथ अन्त्यमा फेरि एकपटक् म र बिद्धालयका तर्फबाट विविध व्यस्तताका बावजुद यो "Program" सफल बनाउनका लागि यहाँ पाल्नुभएका तमाम महानुभावहरुमा हार्दिक स्वागत गर्दै मेरो छोटो मन्तव्य टुँगाउन चाहन्छु । धन्यवाद, नमस्ते ।



No comments:

Post a Comment