Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

5383

Thursday, 27 August 2015

Poem

Keshar Thulung

तिम्रो स्तन र योनि

सम्झिदै
सिरिङ्ग हुन्छ आङ
भित्रभित्रै कुतकुताएर
पानीपानी बन्छ
मन


हेर्न कहिल्यै सर्माउदैनन्
मेरा आँखाहरू
सुम्सुमाउन कहिल्यै थाक्दैनन्
मेरा हातहरू
चुम्न कहिल्यै घिनाउदैन
मेरा ओठ
जो छन् तिम्रो छातीमाथि
पुक्क उठेका शान्त, स्निग्ध स्तनहरु

झ्याउ पलाएको
ओढारजस्तो तिम्रो योनि
गह्रा नमिलेको
खेतजस्तो तिम्रो योनि
कता हो कता
सर्लक्क परेको
माछाजस्तै लाग्छ- मलाई
कुनै माधुर्य छटाजस्तै लाग्छ- मलाई

उचाई नाप्नुपर्ने
सगरमाथाकोजस्तै- तिम्रो स्तनको
गहिराई नाप्नुपर्ने
समुद्रकोजस्तै- तिम्रो योनिको
सब दुनियाँ भुलेर
चरमसिमामा पुगेको
कति स्वार्थी- म
साँच्चै प्रवाह गर्दिन
कुनै पनि कुराको

कुरूक्षेत्रमा ढलेको योद्धाजस्तै
इन्तुचिन्तु डङरङग ढल्नुपर्ने
तिम्रो स्तन र योनिसँगको
घमाघस्सी युद्धमा- म
आहा ! ढल्नु कसरी

योभन्दा अर्कोवस्तु के नै छ र
जिन्दगीलाई-
अवर्णनीय आनन्द दिने
असीम स्वान्तसुखाय दिने ।

No comments:

Post a Comment