Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Monday 7 September 2015

कविता

Keshar Thulung
उत्कृष्ट एउटा अनुहार

परिचित/अपरिचित
अनगिन्ती/अतुलनीय
अनुहारहरु

छरपस्ट छन्
चोकहरूमा/गल्लीहरूमा
बोकेर हिँडिरहेछन्
मनको ढोक्रोभरि
आकासजस्तै अनन्त
सगरमाथाजस्तै अग्लो
सपनाको चाङहरू

थेप्चो/लाम्चो/डोलो
कालो/सेतो/रातो
वरिपरि देखिन्छन्
अनुहारहरु
देख्दै टीठ्लाग्दो कुनै
घीनलाग्दो/अत्ति रिस उठ्दो कुनै
खै के-के नमिलेको
पटक्कै नसुहाएको

अपसोच-
तिनै अनुहारहरूमध्ये
तर एउटा अनुहार
उत्कृष्ट लाग्छ
सर्वदा हेरिरहुँ लाग्छ
सबभन्दा प्यारो लाग्छ
आफ्नो सर्वस्व लाग्छ
आफूलाई...........।

No comments:

Post a Comment