Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Thursday 27 August 2015

Song

Keshar Thulung

हाँस्न सिकाउने तिमी कहाँ गयौ, कहाँ
बाँच्न सिकाउने तिमी कहाँ हरायौ, कहाँ

चुमेर अधर मीठो बात गर्ने
रिसाएर फेरि अटुट माया लाउने
मन-मन मिलेर सुन्दर जीवन ज्यूँने
मेरो खुसी तिमी कहाँ गयौ, कहाँ
बाँच्न सिकाउने तिमी कहाँ हरायौ, कहाँ

दु:खका खातहरू पर पन्छाई दिने
पीडाका बोझहरू सबै त्यागि दिने
साथ-साथ रहेर सुन्दर जीवन ज्यूँने
मेरो आधार तिमी कहाँ गयौ, कहाँ
बाँच्न सिकाउने तिमी कहाँ हरायौ, कहाँ ।

No comments:

Post a Comment