Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Keshar Thulung's Poems कविताहरु:-

Poem- 1
गद्दार सत्ताधारीहरु 

निखुर
कालो घोडाको टाप बच्छ
ट्वाक - -ट्वाक - - ट्वाक
मर्त्यलोकबाट
मूर्दा मानवहरु कराइरहेछन्
उठाउ - - उठाउ - -
यो अधकल्चो देश
तमासा हेर्दै
ताली बजाइरहेछन्
राष्ट्र लुट्न पल्केका

गद्दार सत्ताधारीहरु
हिमपहिरो गएर देश
खैराते डाँडाजस्तै देखिन्छ
डडेलो लागेर देश
उजाठ, उराठ देखिन्छ
अन्यन्त्रित कानुन, व्यवस्था
स्लो पोइजन बनेर
प्यारलाईसिस बनाइरहेछ
गिद्दीहरुलाई
मगज खलबलिएर
जालो बुन्न छोडेको माकुरोजस्तै
ट्वाँ परेर हेरिरहेछन
वफादारिता पाएका
गद्दार सत्ताधारीहरु 


दुर्योधन उत्साहित छ
सकुनी पासा खेल्ने खाल
निर्माण गर्नमा व्यस्त छ
रावण अपहरणमा तल्लिन छ
कंस नावालक हत्यामा
निपूण बन्दैछ
यो मानव वस्तिभित्र
मानविय दानवहरु चिच्याइरहेछन्
यसरी नै बढ्दै गएर
एकदिन यी जनताहरु भुटिदिनेछौँ
एकदिन यो देश बेचिदिनेछौँ
गद्दी उल्टिने त्रासले
कानमा बुचो हालेर
नसुनेको अभिनय गर्दै
चुपचाप-चुपचाप बसिरहेछन्
गद्दार सत्ताधारीहरु 


देश डुब्नलाई
सुनामी किन चाहियो र ?
देश निल्नलाई
ब्ल्याक होल किन चाहियो र ?
देश तहस-नहस पार्नलाई
घन, झ्याम्पाल, हम्मर, गैंती
क्षेप्यास्त्र किन चाहियो र ?


र पनि - - -
बाघको छाला ओढेर
बाघ बन्न खोज्छन्
हात्तीको देखाउने दाँतजस्तै
देखिन्छन् ठाउँ-ठाउँमा
दिन हिच्किचाउदैनन् दर्शन
गर्न छोड्दैनन्
शान्ति/राष्ट्रियताको कुरा
सुन्दर परिवर्तन/परिकल्पनाको कुरा
सुन्दर संरचना/परिचालनको कुरा
लाज पचेका गद्दार सत्ताधारीहरु ।



Poem - 2
प्रेम २
मेरो मन
मेरो मान्छे तिमी
बर्षौदेखि कुरिरहेको छु
यो किनारामा
कहाँ छौ हँ...
पहाडजस्तै कठोर म
मभित्रको अिनयन्त्रित मन
तिम्रो निम्ति
हिच्किचाउदैन झुक्न
र डराउदैन जुझ्न
स्निग्ध बनेर
सर्वदा समर्पित तिमीमा
तथानाम तिम्रो वचनमा पनि
सत्य प्रेमको अनुभूत गर्छ
र बोल्छ/बोलिरहन्छ...
तिमीबीना, कसम तिमीबीना
यो पूर्णिमाको चन्द्रमा पनि 
फिक्का लाग्छ- आजभोली ।


Poem 3
समाहित मन

ढल्दै गइरहेको
सुनसान-सुनसान, एकलास
समयभित्र मात्र तिमी र म

स्पर्ष गर्छ समय
हाम्रो वतन र अङ्गहरूलाई
कुरिकुरि गरेको आभाषमा
केहीछिन लजाउछन्
तिमी र म भित्रको मनहरू

रापमा पग्लिन सुरू नौनीजस्तै
एकअर्कामा समाहित म र तिमी
नङ र मासुकोजस्तै
नछुटिने मीठो सम्बन्ध

जब जब कसिएर म
तिमीभित्र हराउदै जान्छु
मभित्र तिमी हराउदै जान्छौ
नो फिलिङगस् अफ
पैन, डिप्रेस, डिस्ट्रवैन्स्
एनी अब्स्ट्याकलस्

केशर...केशर...
एक मन्द आवाज तिम्रो
मेरो न्यानो चुम्वनहरू तिमीमा समर्पित
एक प्रफुल्लित यात्राको टेक अफ
स्वासप्रस्वासको तीव्र गति
र ल्यान्डिङ्मा स्खलित हामी दुई
..............................
फेरि जिस्किन्छौँ/हास्छौँ
फेरि अँगालोमा जोडले कसिन्छौँ
साटेर मीठो अनुभूत ।

Poem-4
देशभन्दा...

देश-
अतुल्य आधार हो
अमूल्य प्राण हो
श्रेष्ठम् पहिचान हो
र त-
तिमी छौ
म छु
हामी छौँ
अजय, अभय परिचय छ-
हामी सबैको
देश नै नरहे-
तिमी, म, हामी कहाँ ?
हाम्रो परिचय कहाँ ?


हो सबथोक हो देश-
देश नै हो सार्वभौम/सर्वेश्वर
देश बनाऊ, सर्वमान्य बन्छौ तिमी
देश भत्काऊ, टुटिन्छौ/नासिन्छौ तिमी
र सर्वोत्तम सत्य हो यो
महाशय.......!
देशभन्दा माथि कोही छैन
देशभन्दा ठूलो कोही हुन्न
कोही हुनै सक्दैन
कदापि ! कदापि !! कदापि !!!

Poem -5
कू' मोदी र नेपाली मनहरू
उठेर आफ्नै चौघेरामा
खेलेर लज्जासपद खेल
दबाउन खोजीस्
आतँकित तुलाउन षडयन्त्र रचिस्
गरेर नाकाबन्दी सिमानाहरूमा
र पनि मर्माहित छैनन्- कू'मोदी
नेपाली मनहरू 


कानुनको "क" नजान्ने "तँ"
सदभावको अर्थ नबुझ्ने "तँ"
कालो मन भएको
अविवेकी मान्छे "तँ"
अतिक्रमण गर्न खोजीस्
विभेदीकरणको जाल बुनेर
दम्भीत शासन लाद्न खोजीस्
गरेर नाकाबन्दी सिमानाहरूमा
र पनि खण्डित छैनन्- कू'मोदी
नेपाली मनहरू

हिजो फूटपाथमा हिँड्ने
भिखारीभन्दा कमको थिइनस् "तँ"
हड्डीको स्वाद नचाखेको कुकुर
एक्कासी हड्डी पाँउदा झम्टेजस्तै
हुत्तीहारा, वेश्रमी, ढ्वाँगी "तँ"
एक्कासी सत्तामा पुगिस्
र सत्ताको दुरूपयोग गरिस्
त्यसैले सभ्य मान्छे हुदैहोइनस् "तँ"

खाएर आफ्नै थाल छेंड्ने "तँ"
थुकेर आफ्नै थुक चाट्ने "तँ"
दुखाउन खोजीस्
शास्ती दिन खोजीस्
टुक्राउन खोजीस्
र पनि विचलित छैनन् एकरत्ति
समायोजीत नेपाली मनहरू
गठबन्धन नेपाली मनहरू
प्रगतिशील नेपाली मनहरू

जो लम्किरहेछन्/बढिरहेछन्
घुँडा टेकाएर/टेकाउँदै "तँलाई"
एउटा समुज्ज्वल/समुन्नत राष्ट्र खातिर
अदम्य, अडग, अजय, अथक नेपाली मनहरू
अविरल...अविरल... ।

No comments:

Post a Comment